Logo

कोरोना भाइरसबारे १२ वर्ष अघि भविष्यवाणी गर्ने महिला



एजेन्सी, २५ फागुन । कोरोना भाइरसबारे १२ वर्ष अघि गरिएको भविष्यवाणी सत्य सावित भएको छ । सन् २०१२ मा प्रकाशित ‘इन्ड अफ डेज’ पुस्तकमा निमोनिया जस्तै खतरनाक रोग सन् २०२० मा फैलन भनिएको थियो । पुस्तकमा फोक्सोमा असर गर्ने र निमोनिया जस्तै रोगको संक्रमण फैलन भनिएको थियो । यस्तो भविष्यवाणी गरिएको पुस्तक लेख्ने लेखिका हुन् सिल्भिया ब्राउनी ।

भविष्यवाणी गरिएको पुस्तक प्रकाशित भएको अर्को वर्ष नै ब्राउनीको ७७ वर्षको उमेरमा निधन भएको थियो । उनी आफूलाई अलौकिक शक्ति भएको नारी मान्थिन् । भविष्यवाणी गरिएका पुस्तक लेख्थिन् । आध्यात्मिक पुस्तक लेखेर करोडौं कमाइन् ।

कतिपय आपरधिक घटनामा प्रहरीलाई सहयोग गरेको दाबी गर्थिन् । हराएका मानिस ज्युँदो छन् कि मरेका छन् समेत भन्थ्नि । कतिपय घटनामा उनले हराएको मानिस कहाँ छन् भनेर सत्य पत्ता लगाइदिएकी थिइन् । यसकारण पनि उनी आफूमा अलौकिक शक्ति भएको दाबी गर्थिन् । ब्राउनीसँग भविष्य जान्न चाहनेले कुरा गर्थे । उनीसँग आधा घन्टा कुराकानी गरेको सात सय डलर तिर्थे ।

भविष्यवाणी गर्ने ब्राउनीले ४० पुस्तकहरु प्रकाशित गरिन् । जसमध्ये भविष्यको बारेमा बढी उल्लेख थियो र बढी विक्री भएकामध्ये पर्दथे । उनका पुस्तकमध्ये सिक्रेट्स एन्ड मिस्ट्रिज अफ दी वल्र्ड, इफ यु कुड सी ह्वाट आई सी, इन्साइट र इन्ड अफ डेज बढी विक्री भएकामा पर्छन् । इन्ज अफ डेजमा नै उनले सन् २०२० मा निमोनिया जस्तै रोग फैलन लेखेकी थिइन् ।

१९ अक्टोबर सन् १९३६ मा सिल्भिया सुमेकरका रुपमा अमेरिकाको क्यालिफोर्निमा जन्मिएकी सिल्भिया ब्राउनी तीन वर्षकै उमेरमा अलौकिक शक्तिकी थिइन् ।

सिल्भिया ब्राउनीको पुस्तकले कोरोना भाइरस कसरी फैलन्छ र परिणाम के हुन्छ भन्ने समेतको भविष्यवाणी गरेको छ । पुस्तकले यो रोग जति छिटो आयो उति छिटो नै हराउने भविष्णवाणी गरेको छ । रोगले केहीवर्षपछि आक्रमण फैरि गर्न सक्ने तर, पूर्ण रुपमा हराउने भनेको छ । यसको अर्थ रोग चाँडै रहनेछैन ।

केही वर्ष यो रोगले दुःख दिनसक्छ तर धेरै वर्ष रहँदैन । छिट्टै आउने र छिट्ट हराउने भविष्यवाणी गरिएको यो रोग कोरोना भाइरसको संक्रमण हो कि भन्ने अनुमान लगाउन सकिन्छ । रोग छिट्टै आएको छ । यो छिट्टै फैलिएको पनि छ । रोग भविष्णवाणी गरेजस्तै छिट्ट हराउने र पूर्ण रुपमा निर्मुल हुने हो होइन प्रतिक्षाको विषय छ । ब्राउनीले दाबी गरेजस्तै उनी अलौकिक क्षमताकी हुन् भन्ने कोरोना भाइरस फैलिने भविष्यवाणी मिल्नुले बुझ्न सकिन्छ । जसका कारण उनी मृत्युपछि झन् चासोमा परेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्