Logo

जीसससँग विवाह गर्ने इच्छा



भारतमा बस्ने ३८ वर्षिया जेसिकाले चर्चमा सबैलाई साक्षी राखेर जीसससँग विवाह गरेकी छिन् । विवाह पछि उनले आफ्नो जीवन एक्लै बिताउने पनि बताइन् ।
जेसिकाले ३८ वर्षसम्म ब्रह्मचारी बसे पछि विवाह गर्ने सोच बनाएकी हुन् । उनले आजसम्म आफु भर्जिन भएको बताइएकी छिन् । अन्य कोही सँग विवाह गर्ने इच्छा नभएकाले जेसीससँग विवाह गरेर आफ्नो शोक पुरा गरेकी छिन् । उनले आफ्नो विवाहमा आफू सजिनको लागि कुनै कसुर बाँकी राखिनन् । उनले बकाइदा गाउन रेडी गरेर पहिरीइन् ।

जेसिकाको जीसससँग विवाह चर्चका पादरीले गराइदिएका थिए । उक्त विवाहमा जेसिकाको औठी लगाईदिई बाइबलको नजिक उनको विवाह गराइदिए । यस्तो अचम्मका विवाहमा धेरै पाहुनाहरुले मनोरञ्जन गरेका थिए ।
जीसससँग विवाह गर्ने जेसिका भने पहिलो होइनन् । ३५०० मानिसहरुले यसरी बाइबललाई अगाडि राखेर विवाह गरीसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्