Logo

अजिंगरको पेटबाट निक्लियो टावेल



मानिसहरुको गल्तीको कारण जीवहरुले भोगीरहेका छन् । केही समय पहिला एक सर्पले प्लास्टिकको बोतल निलेको कारण उस्ले आपत भोग्नु परेको थियो । यसै घटनासँग मिल्दो जुल्दो एस्तै अर्को घटना बाहिर आएको छ । एक अजिंगरले समुन्द्रको किनारमा छोडेको टावेल निलेको छ, जसका कारण उसले आपत भोग्नु परेको छ ।

आईएफएस अधिकारी प्रवीण कासवानले आफ्नो ट्वीटर एकाउन्टबाट उक्त भिडियो सेयर गरेका थिए । उक्त भिडियोमा पशु चिकित्सकहरुको एक टिमले अजिगंराको पेटबाट ठुलो टावेल निकालेको देखाइएको छ । यो टावेल खाने अजिंगर पालुवा हो र यसको पेटबाट पशु्चिकित्सकहरुले टावेल निकालेका छन् ।

यस घटनालाई लिएर धेरै सामाजिक प्रयोगकर्ताहरु प्रतिक्रिया दिएका छन् । जसमा केहीले पशु चिकित्सकले गरेका कामको सरहना गरेका छन् भने केहीले भने आपत्ति पनि जनाएका छन् । केहीले मानिसहरुले गरेको गलत जीवनशैलीका कारण जीवहरुले विभिन्न पिडा भोग्नु परेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्