Logo

दिन र रातको कहानी



यो सृष्टिको सुरुवात हो, त्यस समयमा पृथ्वी आफ्नो अक्षमा घुमेको थिएन । पृथ्वीको आधा भाग सुर्यले बसोबास गथ्र्यो र आधा भाग पुथ्वीमा चन्द्रमाको वास थियो ।

भगवानले पृथ्वीमा जीवन सृष्टि गरे । दिनभरी घाम लागिरहेको थियो, जनावर र पशुहरु दिनभर काम गर्थे, खाना बनाउँथे, खान्थे र दगुर्दै काम गर्थे, यसो गर्दा मानिसहरु विस्तारै कमजोर भई मर्न थाले ।

अर्कोतिर चन्द्रपट्टि जहिले पनि एक रात थियो, जनावर र पशुहरु उक्त ठाउँमा आराम गरिरहेका थिए । उनीहरुले कुनै काम गर्दैनथे । उनीहरुले खानाको लागि पनि मेहेनत गरेनन् र खानेकुरा बिना उनीहरुको शरीर कमजोर भई खस्न थाल्यो र उनीहरु छिटो छिटो मर्न थाले ।

यो सबै देखेर भगवानलाई निकै चिन्ता लाग्यो । भगवानले घाममा जनावरहरुलाई बोलाएर सोधे –किन तपाईहरु दिनभर काम गरिरहनुहुन्छ ? उनले भने–हाम्रा भगवान सुर्य सधै हाम्रो टाउकोमा सवारी गर्नुहुन्छ, यसैले हामी काम गरिरहन्छौ, हामी काममा माया गर्छौ ।

फेरी भगवानले पशुपक्षीलाई बोलाएर सोधे–तपाई किन सधै आराम गरिरहनुहुन्छ ?

उनीहरुले भने हाम्रो स्वामी भगवान कहिलेकाँही आउँछन्, कहिले हराउँछन् तिनीहरु पनि आराम गर्छन्, त्यसैले हामीले पनि आराम गर्छौ, आराम हामीलाई प्रिय लाग्छ ।

दुवैको तर्क मान्य थियो, भगवानको चिन्ता अझ बढ्न थाल्यो ।

भगवानले सुर्यलाई बोलाएर सोधे–तपाईका मानिसहरु काम गरिरहेका छन्, उनीहरुलाई आराम गर्नको लागि केही बोल्दैनौ ?

भगवानको कुरा सुनेर सु्र्यले भने –मैंले कहिल्यै आराम गरिन, मलाई केही थाहा नै छैन आराम के हो ।

फेरी भगवानले चन्द्रलाई बोलाएर सोधे –तपाई आफ्नो मान्छेहरुलाई बोलाएर काम गर्न भन्नुहुन्न ?

चन्द्रले जवाफ दिए –काम केहो मलाई केही थाहा छैन ।

सुर्य र चन्द्रबाट भगवानले समस्याको समाधान नपाएको हुनाले पृथ्वीलाइृ बोलाएर सबै घटनाक्रम बताएर सोधे –के तपाईसँग यो समस्याको समाधान छ ?

पृथ्वीले भने –जब काम र विश्राम दुवै हुन्छन् तब मात्र जीवन ठिकसँग चलेको हुन्छ, यो समस्याको समाधान यही हो ।

उनले काम र विश्राम कसरी परिर्वतन गर्ने भन्ने बारेमा गहिरिएर सोचे, त्यसपछि सुर्य र चन्द्रलाई आधा दिनको लागि आफ्नो ठाउँ बदल्न लगाए, उनीहरुले भगवानको आग्रहलाई अस्विकार गरे । तब पृथ्वीलाई आफ्नो अक्षमा आधा दिन सुर्य र आधा दिन चन्द्रमा घुमाउन लगाए । यस तरिकाले रात र दिन सुरु भयो । सबै जनावरले रातमा आराम गर्न थाले र दिनमा काम गरे र पृथ्वीमा जीवन सुचारु भयो ।

काम र आरामको सहि सामञ्यस्य जीवनको लागि आवश्यक छ । दुवै काम र आरामलाई महत्व दिएर आफ्नो जीवन व्यवस्थित बनाउँ । -एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्