Logo

श्रीमान श्रीमतीको मनको बोझ



विकास धनी परिवारको थियो, उसको जागिर, राम्रो घर, र कुशल पत्नी थिइन् । पति पत्नी दुवै परिवारको जीवनबाट निकै खुशी थिए । एक दिन विकासको जागिर एक दिन गयो र उसले अर्को काम सुरु ग¥यो र तर पछिल्लो जागिर राम्रो थिएन, त्यसपछि उनीहरुलाई धेरै समस्याहरु क्रमश आउन थाले । वर्षौ देखि कमायालु जीवन बिताइरहेका ती जोडीले एक अर्कामा कमजोरी देख्न थाले ।

उनीहरुको साथीहरुले सल्लाह दिदै आएका थिए । अब उनीहरुको सम्बन्ध पहिले जस्तो नभई एक अर्कामा त्रुटिहरु फेला पारी झन समस्या ल्याई झगडामा हुँदै गयो ।

एक दिन विकासको एक पुरानो साथी उनलाई भेट्न आए, जो एक मनोरोग चिकित्सक थिए । आपसी मेलमिलाप पछि डाक्टर, विकास र उनकी श्रीमतीसँग कुराकानी भयो । डाक्टरले बुझे कि यी जोडीको सम्बन्ध राम्रो छैन । डाक्टरले टेबलमा राखेको गिलासको पानी उठाए र सोधे –तपाईहरु दुवैजनाले भन्न सक्नुहुन्छ कि यस गिलासको पानीको तौल कति छ ?

उनीहरुले अनुमानको आधारमा आफ्नै किसिमले जवाफ दिए । विकासले ५० ग्राम भन्यो, र पत्नीले ८० ग्राम भनिन् । उनीहरुको जवाफ सुनेर डाक्टरले भने यो गिलासलाई जति लामो समय राखे पनि हुन्छ, मात्र हात दुख्ने हो अरु केही परिर्वतन हुने होइन, त्यसैले यसलाई दिनभर हातमा राखेमा दुख्नेछ, र आफैलाई धेरै चोट पुर्याउँछ ।

यो कुरामा पति पत्नी दुवै सहमत भए । र डाक्टरले भने हाम्रो समस्या पनि त्यस्तै हुन्छ, यदि म केही समयसम्म कुनै समस्याको बारेमा चिन्ता गर्दा आफ्नो दिमागमा कुनै बोझ हँुदैन । यदि दिनरात त्यस्तै सोचिन्छ भने पक्कै पनि धेरै तनाब बढ्नेछ, तब समस्या सानो होस् वा ठुलो हरेक समय दुखि र निराश हुनेछौ, यसपछि डिप्रेसनको सिकार बन्नेछन् ।

यसैले पतिपत्नीले आफ्नो जीवनको हरेक समस्याको बारेमा छलफल गर्नुपर्दछ र सकेसम्म छिटो समाधान खोज्नुपर्छ । डाक्टरको उक्त कुराकानीले उनीहरुको जीवनमा नयाँ जीवन शूरु भई खुशियाली छायो ।

सबैको वैवाहिक जीवनमा समस्याहर आउँछन्, तर समस्याहरु हाम्रो दिमागमा आए भन्दैमा तनाब लिएर बस्ने होइन । यसले आपसी सम्बन्धमा नराम्रो प्रभाव पार्नुको साथसाथै स्वास्थ्यमा पनि नराम्रो प्रभाव पार्न सक्छ । दुवै मिलेर आपसमा समस्याहरुको निदान गर्नुपर्छ र खुशीको साथमा सम्बन्ध बचाउनु पर्छ ।



प्रतिक्रिया दिनुहोस्