Logo

च्याम्पियन्स लिग : एथ्लेटिको मड्रिडद्वारा लिभरपुल पराजित



काठमाडौं, २९ फागुन । युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा हिजो राति भएको खेलमा एथ्लेटिको मड्रिडद्वारा लिभरपुल पराजित भएको छ । यो जीतसँगै एथ्लेटिको मड्रिड क्वाटरफाईनलमा पुगेको छ ।

गएराति लिभरपुलको मैदानमा भएको राउण्ड अफ सिक्सटिनअन्तर्गत दोस्रो लेगको खेलमा एथ्लेटिको अतिरिक्त समयमा विजयी भयो । स्पेनमा भएको पहिलो लेगको खेलमा एथ्लेटिको १–० ले विजयी भएको थियो । बुधबार दोस्रो लेगको निर्धा्रित ९० मिनेटसम्म लिभरपुल १–० ले विजयी भएपछि एग्रिगेटमा खेल १–१ गोलको बराबरीमा पुग्यो । यसपछि थपिएको समयमा लिभरपुलले १ गोल गर्दा एथ्लेटिकोले ३ गोल गर्‍यो ।

भ्रमणकारी टोलीका लागि मार्कस लोरेन्तेले दुई तथा अल्भारो मोराटाले एक गोल गरे । पराजित टोली लिभरपुलका लागि भने जर्जी्नियो वहाल्दम र रोबर्टो फर्मीनोले एक एक गोल गरेका थिए । अतिरिक्त समयको खेलपछि समग्रमा ४–२ को जित निकाल्लै एथ्लेटिको विजयी हुँदा साविक विजेता लिरभपुलको यात्रा रोकियो । एजेन्सी सहयोगमा



प्रतिक्रिया दिनुहोस्