Logo

च्याम्पियन्स लिग फुटबल : पिएसजी क्वाटरफाईनलमा प्रवेश



काठमाडौं, २९ फागुन । च्याम्पियन्स लिग फुटबल खेलमा जर्मनीको बोरुसीया डर्टमण्डलाई २–० ले हराउँदे फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) पनि क्वाटरफाईनलमा पुगेको छ ।

पहिलो लेगमा डर्टमण्डसँग भोगेको २–१ को हार उल्टाउँदै पिएसजी समग्रमा ३–२ को जित निकाल्दै अन्तिम आठमा पुगेको हो । फ्रान्समा कोरोना संक्रमणको त्रास बढेपछि यो खेल दर्शकविना खाली रंगशालामा खेलाईएको थियो ।

च्याम्पियन्स लिग फुटबलमा जर्मनीको आर.बी लेप्जीग र इटालीको एटलान्टा पनि च्याम्पियन्स लिग फुटबलको क्वाटरफाईनलमा प्रवेश गरिसकेका छन् । क्वाटरफाईनल पुग्ने बाँकी ४ वटा टोलीहरुको टुंगो अर्को साता लाग्नेछ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्