आलुको बोक्रा फाल्नु हुँदैन


लगभग सबै घरमा तरकारी वा अन्य व्यञ्जनको लागि पनि आलुको प्रयोग गरिन्छ । तर हामी आलुको बोक्रालाई प्रयोग गर्नुपर्नेमा झन् फालिदिन्छौ, अबदेखि बोक्रा फाल्नु अगाडी यो पढ्नु आवश्यक छ ।
आलुको बोक्रा राख्नुको फाइदा
१. आलुको तरकारी बोक्रासँग बनाएमा यसको स्वाद अझ बृद्धि भई अतिरिक्त पोषण मिल्ने गर्छ ।
२.आलुको बोक्रासहित पकाएमा यसले फाइवर दिई तपाईको पाचन सम्बन्धि समस्याको निदान गर्न सक्छ । यसले पाँचन प्रक्रियालाई धेरै राम्रो गर्छ ।

३. बोक्राको सेवनले तपाईको शरीरमा मेटाबाँलिज्म बढाउने हुनाले शरीरमा आइरनको कमी हुन दिन्न र एनीमियाबाट बचाउँछ । यसमा आइरन भरपुर मात्रामा हुने गर्छ ।
४.यो स्वास्थ्यको लागि मात्र नभएर सौन्दर्यको लागि निकै फाइदा हुन्छ । छालामा हुने चाउरी र दागबाट बच्नको लागि आलुको बोक्रा छालामा रगड्नुपर्छ । कही समय रगडेपछि आफैले फरक देखिन्छ ।
५. कपाललाई बलियो बनाउन र घाममा डढेको छालाको लागि आलुको बोक्रा धेरै उपयोगी हुन्छ । यसैले अबको दिनमा आलुको बोक्रालाई नफाली भरपुर उपयोग गरौ ।