Logo

कहाँ बन्छ भारतमा फाँसीमा झुण्ड्याउने डोरी



७ चैत । कतिपय अपराधीले अन्तिम समयमा हाफ्नो इच्छा व्यक्त गर्छन् भने उनीहरुको इच्छालाई मान्यता समेत मिल्ने गर्दछ । फाँसी दिने डोरी बनाउन समेत कला चाहिन्छ । सबैको हातले फाँसीको डोरी बन्न सक्दैन । भारतमा धेरैजसो फँसीको डोरी बिहारको बक्सर जिल्लामा रहेको कारागारका कैदीबन्दीहरुले बनाउने गर्दछन् । फँसीको फन्दा घ्यु र खम्बाको मद्दतले बनाउने गर्दछन् । कैदीबन्दीलाई अप्ठ्यारो नहोस भनेर फन्दालाई नरम राखिन्छ । फाँसीको फन्दा कारागारमा बस्ने अपराधीले नै बनाउने गर्दछन् । फाँसीको फन्दाको मूल्य निकै कम हुने गर्दछ ।

भारतमा अधिकांस फाँसी विहानको समयमा दिने गरिन्छ । त्यसपछाडि समेत कारण रहेको छ । अपराधीका परिवारलाई लास धर्म संस्कृति अनुसार जलाउने समय मिलोस् भन्ने कारण विहानको समयमा फाँसी दिने व्यवस्था छ । दोषीको फाँसीलाई रोक्न सबैतर्फबाट सम्भावित प्रयासहरु समेत धेरै हुने गर्छ । फाँसी हुने व्यक्तिको रस्सी झुण्डयाउने समयमा टुट्यो भने उक्त मानिसको फाँसी रद्द गरिन्छ । अर्का पटक उनलाई फाँसी हुदैन र फाँसी दिएपश्चात मानिस बाँच्यो भने उनलाई समेत फाँसी हुदैन । प्रत्येक फाँसीको सजाय न्यायधिसले सुनाएपछि कलम तोडिन्छ । फाँसी दिइने कलमले अर्को न्याय नसुनाइयोस भनेर कलमलाई न्याधीसले तोड्ने गर्छन् ।



प्रतिक्रिया दिनुहोस्