Logo

कोरोना भाइरसको कारण रियल मड्रिडका पूर्व अध्यक्ष सान्जको मृत्यु



स्पेन, ९ चैत्र । कोरोनको भाइरस (कोभिड १९) को कारण रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जको सान्जको मृत्यु भएको छ । ७६ वर्षय सान्जलाई कोरोनाको लक्षण देखिएपछि पाँच दिनअघि अस्पताल भर्ना गरिएको थियो ।

लोरेन्जोका छोरा फर्नान्डो सान्जले शनिबार आफ्ना बाबुको निधन भएको पुष्टि गरेका छन् । ‘मेरो पिताको भर्खरै निधन भएको छ । उनको अन्त्य यस्तो हुन नहुुने थियो,’ उनले लेखेका छन्,‘उनी मैले देखेका अहिलेसम्मकै दयालु, बहादुर र मेहिनती व्यक्ति थिए । परिवार र रियल म्याड्रिडप्रति उनको लगाव थियो ।’

रियल म्याड्रिडले पनि यस विषयमा विज्ञप्ती निकालेको छ । विज्ञप्तीमा भनिएको छ , ‘रियल म्याड्रिड क्लब, यसका अध्यक्ष र सञ्चालक समितिका सदस्यहरु लोरेन्जो सान्जको निधनबाट दुखित छौं।’ सान्ज सन् १९९५ देखि २००० सम्म रियलको अध्यक्ष थिए । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्