Logo

युभेन्ट्सका स्ट्राइकर डिबालालाई कोरोना भाईरसको संक्रमण



ईटाली, ९ चैत्र । अर्जेन्टिनी तथा इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर पाउलो डिबालालाई कोरोना भाईरसको संक्रमण देखिएको छ । उनले आफ्लाई कोरोना भाइरसको संक्रमण भएको भन्दै सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेका छन् । उनले आफूसँगै गर्लफ्रेन्ड ओरिना सबाटिनीलाई पनि कोरोनाको संक्रमण देखिएको जनाएका हुन् ।

युभेन्ट्सले पनि एक विज्ञप्ति निकाल्दै मार्च ११ पछि सबै खेलाडीको निरन्तर अनुगमन गरिरहेको बताएको छ । तर, डिबालाको स्वास्थ्य स्थिति ठीक रहेको बताएको छ । डानिली रुगानी र ब्लेइस माटुइडीपछि डिबाला कोरोनाबाट संक्रमित हुने युभेन्ट्सका तेस्रो खेलाडी हुन् ।

त्यस्तै अन्य खेलाडीमा इटालीका पूर्वकप्तान तथा एसी मिलानका टेक्निकल डिरेक्टर पाओलो माल्दिनी र डानिललाई कोरोनाको संक्रमण देखिएको थियो । एजेन्सीको सहयोगमा file photo



प्रतिक्रिया दिनुहोस्