Logo

मोदीले किन भारत २१ वर्ष पछाडि पछि धकेलिनसक्ने खतरा औल्याए



एजेन्सी, १२ चैत्र । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा समबोधन गर्दै मंगलबार २१ दिनको लकडाउन घोषणा गरे । कोरोना भाइरसको संक्रमणविरुद्ध रोकथामका लागि देश पूर्ण रुपमा लकडाउन गरिएको भन्दै उनले दुई हात जोडेर आफू र आफ्नो परिवारका लागि लकडाउनको पूर्ण पालना गरेर घरमै बस्न भने ।

मोदीले यदि सम्हालिएन र मनन गरेर पालना गरेन भने देश २१ वर्ष पछि धकेलिने बताए । उनले भने, ‘यदि सम्हालिएन भने देश र तपाईंको परिवार २१ वर्ष पछाडि धकेलिनेछ ।’ २१ दिन धैर्य नगर्दा २१ वर्ष धकेलिनुपर्ने हुनसक्ने भन्दै त्यसका लागि सचेत हुन भने ।

मोदीको २१ वर्ष पछि धकेलिनुपर्ने विषय आफैमा गम्भीर हो । विश्वभर महामारीले हजारौं मानिसको मृत्यु भइसकेको छ । कतिपय देशमा दुरगामी आर्थिक क्षति हुने देखिइसकेको छ । त्यसैले पाँच सय मानिस संक्रमित र १० जना मानिसको मृत्यु हुँदै मोदीले कठोर कदम चाले ।



प्रतिक्रिया दिनुहोस्