Logo

कोरोना भाइरस संक्रमित किशोरी आएको विमानमा १५८ जना को को थिए



काठमाडौं, १२ चैत्र । फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी कोरोना भाइरस संक्रमित किशोरी चढेको विमानमा को को थिए भन्ने सबै खुलिसकेको छ । विमानमा यात्रा गर्ने १५८ जनाको नाम खुलेको हो ।

विमानमा अधिकांश पुरुष थिए भने केहीमात्र महिला थिए । अधिकांशले काठमाडौं उपत्यका ठेगाना उल्लेख गरेका छन् । एकजनाको ठेगाना भारत लेखिएको छ ।

४ चैत्रमा क्युआर ६५२ नम्बरको जहाजबाट यात्रुहरु नेपाल आएका थिए । त्यसमा फ्रान्सबाट कतार हुँदै आएकी नेपाली किशोरी पनि थिइन् । उनलाई ९ चैत्रमा कोरोना संक्रमण भएको खुलेको थियो । ती किशोरीलाई हाल टेकुस्थित शुक्रराज ट्रपिकल एन्ड सरुवा रोग अस्पतालमा आइशोेलशनमा राखेर उपचार भइरहेको छ ।

विमानमा रहेका कतिपयलाई क्वारेन्टाइनमा राखिएको बुझिएको छ । व्यक्तिगत गोपनीयताका कारण रिपोर्टर्स नेपालले उक्त विमानमा काठमाडौं फर्किएकाहरुको नाम र वृस्तृत ठेगाना गोप्य राखेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्