Logo

९० करोड मूल्य बराबरको स्वास्थ्य सामाग्री ल्याउन सम्झौता



काठमाडौं, १३ चैत्र । सरकारले ९० करोड मूल्य बराबरको स्वास्थ्य सामाग्री ल्याउने जिम्मा एक कम्पनिलाई दिएको छ । उक्त कम्पनिसँग बुधबार सम्झौता भएको बुझिएको छ ।

अमटेक नामको कम्पनिले ९० करोड मूल्य पर्ने स्वास्थ्य सामाग्री ल्याउने गरी सम्झौता भएको हो । सामाग्री यसै हप्ता हवाई मार्गबाट आकस्मिक रुपमा ल्याउने तयारी भएको सरकारी स्रोतले रिपोर्टर्स नेपाललाई जानकारी दिएको छ ।

कोरोना भाइरसको जोखिम र रोकथामका लागि तत्काल आवश्यक स्वास्थ्य सामाग्री आवश्यक परेपछि सरकारले विशेष अवस्थामा सम्झौता गरी आयात गर्न लागेको छ । संकटको अवस्थामा द्रुत गतिमा प्रक्रियामा गएर सामाग्री ल्याउन सरकारमाथि दबाब पर्दै आएको थियो ।



प्रतिक्रिया दिनुहोस्