Logo

रुसले आफ्ना नागरिकलाई विशेष विमानबाट विदेशबाट ल्याउने



एजेन्सी, १३ चैत्र । रुसले विदेशमा रहेका आफ्ना नागरिकलाई फर्काउन उडान भर्ने भएको छ । भोलिबाट लागू हुने गरी नियमित र चाटर्ड गरी सबै हवाई सेवा बन्दको घोषणा गरेसँगै आफ्ना नागरिकलाई विदेशबाट ल्याउन भने उडान भर्ने भएको हो ।

रुसी समाचार संस्था तासका अनुसार रुसबाट विदेशी विमानस्थलमा जाने र आउने सबै उडान बन्द गर्ने घोषणा भएको हो । विदेशमा रहेका आफ्ना नागरिक ल्याउन भने रुसी सरकारको निर्णय अनुसार उडान भरिने उल्लेख छ ।

रुसले विदेशबाट आउने नागरिकलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम समेत बनाएको छ । रुसमा सुस्त गतिमा कोरोना भाइरसको संक्रमण बढिरहेको छ । यसैलाई मध्यनजर गरी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अर्को हप्ता लकडाउन घोषणा गर्दै सार्वजनिक बिदा दिने बताइसकेका छन् ।-Photo Source: TASS 



प्रतिक्रिया दिनुहोस्