Logo

अमेरिकामा बेरोजगारको नयाँ किर्तिमान, ३३ लाखबाट बेरोजगार भत्ताको आवेदन दर्ता



एजेन्सी, १३ चैत्र । अमेरिकामा कोरोना भाइरसको संक्रमणले बेरोजगारी बढेको छ । अमेरिकाको इतिहासमा पहिलोपटक ३३ लाख मानिसहरुले बेरोजगार भत्ताको आवेदन दिएका छन् ।

सीएनएनका अनुसार गत हप्ता ३३ लाख मानिसहरुले आवेदन दिएका छन् । यो अमेरिकाको इतिहासमै पहिलोपटक यति धेरै मानिसले बेरोजगार भत्ताका लागि आवेदन दिएका हुन् । सन् १९६७ बाट अमेरिकाको श्रम विभागले तथ्यांक सुरक्षित राख्न थालेयता २ अक्टोरबर सन् १९८२ मा झण्डै सात लाख मानिसले बेरोजगार भत्ताका लागि आवेदन दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्