Logo

कोभिड-१९ कोषमा सन्दीप लामिछानेद्धारा एक लाख घोषणा



काठमाडौं, १३ चैत्र । नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेले कोरोना भाइरस प्रभावितलाई राहत दिन स्थापना गरिएको नेपाल सरकारको कोषमा एक लाख रुपैयाँ दिने घोषणा गरेका छन् । उनले आज सामाजिक सञ्जालमार्फत् सहयोग घोषणा गरेका हुन् ।

उनले अहिलेको अवस्थामा कस्लाई सहयोग र सेवा आवश्यक रहेको भन्न नसकिने समेत उल्लेख गरेका छन् । लामिछानेले सबैलाई सुरक्षित रहन आग्रह समेत गरेका छन् ।

लामिछाने नेपालका सर्वाधिक कमाई भएका खेलाडी हुन् । उनले दुई सिजन आइपिएल खेलिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्