Logo

कोरोना भाइरसः भारतमा मृतक संख्या २० पुग्यो



एजेन्सी, १४ चैत्र । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । संक्रमित संख्या सात सय कटेको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार हिजो एकै दिन अहिलेसम्मकै बढी मानिसहरुको कोरोना भाइरसबाट संक्रमणबाट मृत्यु भएको हो । मृत्यु हुनेहरु ६० वर्ष कटेका छन् । दुईजना मुम्बईका बासिन्दा हुन् ।

भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेको तथ्यांक छ । त्यहाँ पछिल्लो तथ्यांकमा ७२७ मानिस संक्रमित भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्