Logo

विमान चाटर्ड गर्दै विदेशी फर्कन थाले, आज ३०७ युरोप उडे



काठमाडौं, १४ चैत्र । कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले लकडाउन गरेपछि विदेशी नागरिक आफ्नो देश फर्कन थालेका छन् । फर्कनेहरु पर्यटक र अन्य भीसामा नेपालमा रहेकाहरु छन् ।

आज ३०७ जना युरोपेली नागरिक फर्किएका छन् । उनीहरु चाटर्ड विमानमार्फत् फर्किएका हुन् । कतार एयरवेजको चाटर्ड विमान नेपालस्थित जर्मनी राजदूतावासको समन्वयमा नेपाल उत्रिएको हो । सरकारले विदेशी नागरिक फर्कन पाउने गरी विमान अनुमतिमा आउने ढोका खुलाएको छ । अनुमति लिएर उत्रिएको विमान जर्मनी र अन्य युरोपेली देशका नागरिक लिएर फर्किएको छ ।

कतिपय विदेशी पर्यटक अलपत्र परेकाले उनीहरुको धमाधम उद्धार भइरहेको छ । उद्धार गरिएकाहरु आफ्नो देशको राजदूतावासको सम्पर्कमा पुगेर धमाधम फर्किइरहेका छन् ।

यसैगरी, नेपालमा रहेका विदेशस्थित नागरिकहरुलाई सम्बन्धित देशले कुनैपनि नेपाल छाड्ने गरी तयारीमा बस्न भनेका छन् । नेपालमा विभिन्न काममा रहेकाहरुलाई त्यस्तो भनिएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्