Logo

कोरोनाको उपचारका लागि बिएण्डसी अस्पताल सरकारलाई दिने प्रसाईको घोषणा



काठमाडौं, १४ चैत्र । दुर्गा प्रसाईले झापामा रहेको आफ्नो बिएण्डसी अस्पताल वीएण्डसी अस्पताल विश्वव्यापी रुपमा कोरोना (कोभिड–१९) भाइरसको महामारी फैलिरहेका वेला उपचारका लागि सरकारलाई अस्पताल सुम्पने उनले घोषणा गरेका छन् । शुक्रबार एक विज्ञप्ती जारी गर्दै सञ्चालक प्रसाईले यस्तो घोषणा गरेका हुन् ।

अस्पतालका सञ्चालक प्रसाईले अस्पतालमा कार्यरत चिकित्सकलाई तलबलगायत सबै कुराको व्यवस्था गरे सरकारलाई आवश्यकता भएको दिनसम्मलाई अस्पताल दिन तयार रहेको स्पष्ट पारेका छन् । उनले यसबारेमा आफूले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँगसमेत कुरा गरिसकेको जनाए ।



प्रतिक्रिया दिनुहोस्