Logo

धादिङ नेत्रावती गाउँपालिकामा कोरोनाबारे २४सै घण्टा जनचेतनामूलक कार्यक्रम सञ्चालन



धादिङ, , १४ चैत्र । धादिङ नेत्रावती गाउँपालिकामा कोरोना भाइरस (कोभिड-१९) विरुद्ध २४सै घण्टा जनचेतनामूलक कार्यक्रम सञ्चालननेत्रावती गाउँपालिकामा कोरोनाविरुद्ध २४सै घण्टा जनचेतनामूलक कार्यक्रम सञ्चालनजिल्लाको नेत्रावती गाउँपालिका स्वास्थ्य संयोजक कृष्ण बहादुर पौडेल र स्वास्थ्यकर्मी मधु धमला क्षेत्रीले गाउँपालिकालगायत जिल्लाका विभिन्न ठाउँमा कोरोना भाइरसबारे जनचेतना तथा रोकतथा र नियन्त्रणको लागि फिल्डमा खटिएका छन् । स्वास्थ्यकर्मी धमलाले दिएको जानकारीअनुसार उनीहरु यो अभियानमा २४सै घण्टा खटिएका छन् ।

उनले देशलाई पर्ने हरेक विपद तथा संकटमा आफूहरुको दायित्व बढेर जाने बताउँदै अहिले पनि आफूहरु कर्तव्य पालनामा खटिएको बताए । उनले भनेका छन्,”जब देशमा स्वास्थ्य संकट पर्छ, त्यतिवेला स्वास्थ्यकर्मीको सक्रिय भूमिका आवश्यक पर्छ । यस्तो बेलामा हामीलगायत देशभरिका स्वास्थ्यकर्मी चिकित्सक, नर्स तथा प्राविधिकहरु आफू पनि सुरक्षित हुँदै जनताको सेवामा खटिनुपर्छ ।” स्वास्थ्य संयोजक पौडेल र स्वास्थ्यकर्मी धमलालले अहिले धादिमा कोरोना नियन्त्रणको लागि नमूना काम गरिरहेका छन् । उनीहरुको कामबाट स्थानीय जनता धेरै खुशी भएका छन् ।



प्रतिक्रिया दिनुहोस्