Logo

नेपालमा कोरोना संक्रमितमा पुरुष बढी



काठमाडौं, १४ चैत्र । नेपालमा कोरोना भाइरसको संक्रमित चारजनामध्ये तीन पुरुष छन् । सँसारभरको तथ्यांकले पनि पुरुष बढी संक्रमित भएको देखाएको छ । नेपालमा पनि संक्रमित पुरुषको संख्या बढी छ । हालसम्म पुरुष ३ र महिला १ संक्रमित भएका छन् ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार साँझ नयाँ संक्रमितबारे जानकारी गराएकोमा ती व्यक्ति पनि पुरुष नै थिए । मन्त्रालयका अनुसार उनी ३४ वर्षका पुरुष हुन् । ती व्यक्ति दुबईबाट केही दिन अघि नेपाल फर्किएका थिए ।

पहिलो संक्रमित चीनमा फर्किएका पुरुष हुन् । उनी पनि २६ वर्षका छन् । ती पुरुष उपचारपछि स्वस्थ भइसकेका छन्
दोस्रो संक्रमित १९ वर्षीया किशोरी हुन् । उनी फ्रान्सबाट नेपाल आएकी थिइन् ।

तेस्रो व्यक्ति धादिङ स्थायी घर भएका ३२ वर्षीय पुरुष हुन् । उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १० चैत्रमा भर्ना भएका थिए ।



प्रतिक्रिया दिनुहोस्