Logo

नेपालमा चारैजना कोरोना संक्रमित युवा किन



काठमाडौं, १४ चैत्र । विश्वभर कोरोना भाइरसको संक्रमितमध्ये अधिकांश पाका उमेरका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार संक्रमितमध्ये ५० वर्ष कटेकाहरुको संख्या बढी छ । तर, नेपालमा संक्रमितो तथ्यांकले सबैजना युवा रहेको देखाएको छ ।

हालसम्म संक्रमितमध्ये सबैजना ३५ वर्ष मुनीका छन् । एकजना किशोरी छिन् । स्वास्थ्य मन्त्रालयले शुक्रबार साँझ नयाँ संक्रमितबारे जानकारी गराएकोमा ती व्यक्ति ३४ वर्षका पुरुष हुन् । किशोरी १९ वर्षकी हुन् । अर्का पुरुष ३२ वर्ष र चीनबाट फर्किएका पुरुष २६ वर्षका हुन् ।

संक्रमित चारैजना युवा उमेर समूहका हुनुमा उनीहरु विदेशमा विभिन्न कामको सिलसिलामा पुगेका हुन् । दुईजना वैदेशिक रोजगारीका लागि खाडी राष्ट्र पुगेका हुन् । किशोरी फ्रान्स र अर्का युवक चीनमा अध्ययनका लागि पुगेको तथ्य खुलेको छ । उनीहरु विदेशबाटै संक्रमित भएर आएको पुष्टि भइसकोके छ ।

युवा उमेर समूहकाहरु संक्रमित हुनुमा अधिकांश युवा उमेर समूह विदेशिने गरेका कारण पनि हो । तर, फर्केकाहरुबाट संक्रमण सर्नसक्ने खतरा उत्तिकै छ ।



प्रतिक्रिया दिनुहोस्