काठमाडौं, १५ चैत्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले लागु गरेको लकडाउनलाई पूर्ण पालना गर्न आम नेपाली जनतालाई अपिल गरेका छन् । प्राईम टाईम्स टेलिभिजनले सञ्चालन गरेको कोरोना महामारी : प्राईमको खबरदारी कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले यस्तो बताएका हुन् । उनले सरसफाईमा जोड दिन पनि अपिल गरेका छन् ।
नेता खनालले शहरमा मात्रै नभएर गाउँघरमा समेत भेला तथा भीड नगर्नको लागि सन्देश प्रवाह गर्नुपर्ने आवश्यकत्ता औंल्याए । उनले भने,”सरकारले त्यही काम गरिरहेको छ । खाद्य तथा तरकारी पसल, औषधी पसलहरु खुल्ला राखेको छ । ज्यालादारी गरेर पेट पाल्नेहरुको लागि सरकारले विशेष प्याकेज घोषणा गरेर खानपिनको व्यवस्था गर्नुपर्छ ।”




प्रतिक्रिया