Logo

दुर्घटनामा एकको मृत्यु



इनरुवा, १५ चैत : सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–६ मा आज मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय घुवीर कटुवाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ६ प १८३० नं को मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका कटुवालको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बिनोद शर्माले जानकारी दिए । दुर्घटनामा मोटरसाइकल चालक राजविराज नगरपालिका–६ का ४० वर्षीय विष्णुदेव यादव घाइते भएका छन् । घाइते यादवको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्