Logo

कोरोना संक्रमितले जुम्ल्याहा बच्चा कोरोना र भाइरसलाई जन्म दिइन्



एजेन्सी, १६ चैत्र । कोरोना भाइरस संक्रमित महिला अस्पताल भर्ना भइन् । उनी गर्भवती थिइन् । संक्रमणकै अवस्थामा जुम्ल्याहा बच्चालाई शनिबार जन्म दिइन् ।

जन्मिएका छोरा र छोरी बच्चाको नाम राखियो कोरोना र भाइरस । यो घटना मेक्सिकोको हो । ३४ वर्षकी अन्नामारिया जोसे राफेलले एक छोरा र एक छोरीको जन्म दिएकी हुन् । उनले मेक्सिकोको जनरल ला भिला अस्पतालमा उपचाररत राफेलले जुम्ल्याहा शिशुलाई जन्म दिएकी हुन् ।

महिलाले बच्चाको नाम राख्ने योजना नबनाएपनि चिकित्सकले मजाक गरेर कोरोना र भाइरस राख्न सुझाएका थिए । उनले पनि यसलाई स्वीकार्दै साँच्चै नाम राखिदिइन् । उनले नाम मन परेको बताइन् । राफेलले भनिन्, ‘जब मलाई संक्रमण भएको थाहा पाएँ मैले शिशुहरुलाई अमेरिकी नागरिकको रुपमा अर्को हप्ता अमेरिकामा जन्माउन चाहेकी थिएँ ।’

डा. इदुरदो कास्टिल्सले शिशुहरुको नाम कोरोना र भाइरस राख्ने कि भनेर मजाक गरेको र राफेलले यसलाई गम्भीर रुपमा लिएको सुनाए ।



प्रतिक्रिया दिनुहोस्