Logo

कुकुरले चलाएको कारलाई पिछा गरी नियन्त्रणमा लिइयो



एजेन्सी, १८ चैत्र । कारको चालक सिटमा कुकुर थियो । तिव्र गतिको कारले अन्य दुई कारलाई ठक्कर दिएर हुँइकियो । बाटोमा देख्ने मानिसहरु त्रसित भए ।

यो घटना अमेरिकाको वासिङ्टनको हो । कार चलाउन कुकुरलाई सिकाउने व्यक्तिलाई प्याट्रोल प्रहरीले पिछा गर्यो । कार प्रतिघन्टा १७० किलोमिटरको तिव्र गतिको कारलाई नियन्त्रणमा लियो । कारको चालक सिटमा मानिससँगै कुकुर बसेको देखे ।

नियन्त्रण गरिएका व्यक्तिले कुकुरलाई कार चलाउन सिकाएको जवाफ दिए । अब ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिई कानुनी कारबाही बढाएको छ ।-Photo Source: Asianetnews



प्रतिक्रिया दिनुहोस्