Logo

पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँले घट्यो(विज्ञप्तिसहित)



काठमाडौं, १९ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १०–१० रुपैयाँका दरले घटेको नेपाल आयल निगमले जारी गरेको बिज्ञप्तिमा जनाएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको आज बसेको बैठकले पेट्रोलियम पदार्थमा १०–१० रुपैयाँ घटाउने निर्णय गरेको हो ।

मूल्य घटे साथै पेट्रोल ९६ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ८५ रुपैयाँ प्रतिलिटरको दरले कायम गरिएको छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण विश्वमै तेलको मूल्यमा गिरावट आएको छ ।



प्रतिक्रिया दिनुहोस्