Logo

चीनको सेनजेनमा कुकुर र बिरालो खान प्रतिबन्ध



एजेन्सी, २० चैत्र । कोरोना भाइरसको संक्रमण जनावरबाट भइरहेको चर्चा चलिरहेको छ । विभिन्न जनावरहरुको नाम लिएर कोरोना सक्रमण मानिसमा फैलिएको विषय उठेको छ । यस्तो विषय उठिरहँदा चीनको एउटा प्रान्तमा कुकुर र बिरालो खान र बेच्न प्रतिबन्ध लगाइएको छ ।

सेनजेन प्रान्तमा कुकुर र बिरालो खान र बेच्न प्रतिबन्ध लगाइएको हो । त्यहाँ जंगली जनावर मार्न र खान नपाइने कानुन नै बनिसकेको छ ।

फेब्रुअरी महिनामा चीनमा रहेको जंगली जनावरको मासु पाइने बजार नै बन्द गरिएको छ । वुआनमा जंगली जनावरको मासु पाइने बजारबाट कोरोना भाइरसको संक्रमण फैलिएको तथ्य बाहिर आएपछि यस्तो निषेध गरिएको हो ।

चीनमा सबै मानिसहरुले कुकुर र बिरालो नखाएपनि त्यो खाने प्रचलन छ । एशियामा मात्र वार्षिक ३० लाख कुकुर खानका लागि मारिने तथ्यांक छ ।



प्रतिक्रिया दिनुहोस्