Logo

क्रिकेटको डकवर्थ लेविस ‘डीएल’ नियमका निर्माता लेविस रहेनन्



एजेन्सी । क्रिकेट खेलको डकवर्थ लेविस ‘डीएल’ नियमका निर्माणकर्ता मध्ये एक टोनी लेविसको निधन भएको छ । डीएल नियम निर्माण गर्नुमा उनको ठुलो हात रहेको छ । बुधबार ७८ वर्षको उमेरमा टोनी लेविसको बेलायतमा निधन भएको हो ।

इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले बुधबार लेविसको निधन भएको जनाएको छ । इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले उक्त घटना प्रति दुख व्यक्त गरेको छ । वर्षाले खेल रोकिएपछि अपनाईने ‘डीएल’ पद्दति सन् १९९६-९७ मा जिम्बावे र इंग्ल्यान्डबीचको दोस्रो एकदिवसीय खेलमा प्रयोग गरिएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सन् १९९९ को विश्वकपबाट यस नियमलाई अपनाएको थियो । डकवर्थ लेविस ‘डीएल’ नियम गणितीय हिसाबले पानी परेको अवस्थामा लगाउने गर्छ । गणित बिषयको प्राध्यापक रहेका लेविसको निधनमा आईसीसीले समेत समवेदना व्यक्त गरेको छ । उक्त नियम को आलोचना सम्पूर्ण क्रिकेट जगतमा समेत भएको थियो ।साथै टि-२० क्रिकेटको लागि उपयुक्त नभएको बिषय समेत उजागर भएको थियो ।



प्रतिक्रिया दिनुहोस्