सीमामा रहेका नेपालीलाई घर आउन नदिइनु कानुनविपरीतः प्रा सुवेदी


लण्डन, चैत २१ । बेलायतस्थित एकजना अन्तर्राष्ट्रिय कानूनविद्ले नेपाल भारत सीमामा आइपुगेका सैयौं नेपालीलाई नेपाल सरकारले स्वदेश फिर्न दिनु पर्ने जनाएका छन् । ग्लोबल नेप्लिज न्युज नेटवर्क ९जीएनएन० संग कुराकानी गर्दै ब्रिटेनको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा। सूर्य सुवेदीले नेपाल सरकारले आफ्ना नागरिकहरुलाई नेपाल(भारत सीमामा रोक्न नमिल्ने बताए ।

कोरोना संक्रमण रोक्न भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत मार्च २५ तारिख मध्य रातिदेखि तीन सातासम्म पुरै देश ‘लक डाउन’ गर्ने घोषणा गरे पछि ठूलो दुख खेप्दै श्रमिकको रुपमा भारतमा काम गरिरहेका सैयौं नेपाली सुदूर पश्चिम नेपालको नेपाल(भारत सीमामा आइपुगेका छन् । तर, नेपालमा पनि ‘लक डाउन’ भएको जनाउंदै नेपाली अधिकारीहरुले उनीहरुलाई नेपाल प्रवेश गर्न अनुमति नदिएर सीमामै रोकिरहेका छन् ।

“यो नेपालको संविधानमा उल्लेखित नागरिकको हकको भावना र नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय मानवीय कानून तथा मानवीय कानून सम्बन्धि सन्धिहरुका अनुसार गैर कानूनी हुन्छ,” प्राध्यापक सुवेदीले भने( ”सन्धि कानून र अन्तर्राष्ट्रिय कानून अनुसार पनि आफ्नो मुलुक फर्कन पाउने नेपाली नागरिकहरुको हक नेपाल सरकारले सुनिस्चित गर्नै पर्दछ ।”

प्रा। सुवेदीले कोरोना संकटका कारण एउटा राष्ट्रिय र अन्तर्राष्ट्रिय आपत्कालिन अवस्था उत्पन्न भएको र यस्तो बेला नेपाल तथा भारत दुवै मुलुकले राम्रो संयोजनका लागि तत्काल एउटा संयन्त्र बनाउनु पर्ने बताए ।

“राष्ट्रिय र अन्तर्राष्ट्रिय कानून अनुसार केन्द्रिय सरकार, स्थानीय तह तथा प्रादेशीक सरकारहरुको जिम्मेवारी उही हो । सबै तहका सरकारले यस्तो विषयमा समन्वय गर्नका लागि तत्काल एउटा कार्यविधि बनाउन समझदारीमा पुग्नु पर्छ,” उनले भने।

यसैबीच एउटा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले नेपाल सरकारले आफ्ना नागरिकको स्वदेश फर्कन पाउने हक हनन गर्न नमिल्ने बताएको छ ।

Skip This

Omoda E5 Pro