Logo

सनराइज बैंकको प्रादेशिक कार्यालयमार्फत पिपिई हस्तान्तरण



काठमाडौं, २१ चैत्र । सनराईज बैंकले, गण्डकी प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्वअन्र्तगत व्यक्तिगत सुरक्षात्मक उपकरण ५० थान गण्डकी प्रदेश सरकारलाई प्रदान गरेको छ ।

आज शुक्रबार मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ्गलाई सनराइज बैंक लि.का गण्डकी प्रादेशिक कार्यालय प्रमुख रबिन्द्र के.सी.ले औपचारिक कार्यक्रमकाबीच उक्त सामग्री हस्तान्तरण गरेका हुन् । यसैगरी, बैंकको प्रादेश नं २ को प्रादेशिक कार्यालयले सामाजिक विकास मन्त्रालयलाई २५ थान पिपिई पनि हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

त्यसै क्रममा बैंकका प्रादेशिक कार्यालय २ का प्रादेशिक कार्यालय प्रमुख रोहित महासेठले सामाजिक विकासमन्त्री नवल कुशोर साहज्लाई हस्तान्तरण गरेको पनि बैंकले जनाएको छ । बैंकले जनाएअनुसार हालसम्म सन््राइज बैंकले विभिन्न अस्पतालमा ३३० वटा भन्दा बढी पिपिई उपलब्ध गराई सकेको छ र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्