Logo

तीन महान वैज्ञानिकका अंग सुरक्षित



२४ चैत: मानिसहरूको मृत्यु भइसकेपछि अन्तिम संस्कार गरिन्छ । तर, विश्वका ती तीन वैज्ञानिकहरू जसको मृत्यु भएको सयौं वर्षसम्म पनि शरीरका अंगहरू सुरक्षितरुपमा राखिएको पाइन्छ । यी यस्ता तीन व्यक्ति थिए जसले विज्ञानलाई आफ्नो आविष्कारमार्फत नयाँ उचाईमा पु¥याएका थिए ।

इटालीका चर्चित वैज्ञानिक ग्यालिलियो ग्यालिलिको औंला तथा ढाडको हाड इटालीको फ्लोरेन्स शहरस्थित एक संग्रहालयमा सुरक्षित राखिएको छ । ग्यालिलियोले दूरबीनको आविष्कार गरेका थिए । उनको शवबाट सन् १७७३ मा हाडहरू निकालिएको थियो । अर्का ख्यातिप्राप्त वैज्ञानिक थिए अल्बर्ट आइन्सटाइन । जसको मृत्युपश्चात सन् १९५५ मा उनको आँखा निकालेर न्यूयोर्कमा सुरक्षित राखिएको थियो । यसबाहेक उनको मस्तिष्क पनि निकालिएको थियो र वैज्ञानिकहरूले उनको मस्तिष्कको अध्ययन पनि गरेका थिए ।

अर्का वैज्ञानिक हुन् थोमस अल्बा एडिसन । उनले लाइट बल्ब, फोनाग्राफ तथा क्यामेराको आविष्कार गरेका थिए । उनको अन्तिम श्वासलाई एक नलीमा राखेर अमेरिकाको शिगिन शहरको एक संग्रहालयमा सुरक्षित राखिएको छ ।साँघुबाट



प्रतिक्रिया दिनुहोस्