Logo

कहिले संचालनमा नआएको १०५ तले होटल



एजेन्सी २४ चैत : उत्तर कोरियामा एउटा यस्तो होटल रहेको छ, जहाँ अहिलेसम्म कुनै ग्राहक बसेका छैनन् । राजधानी प्याङयोङमा अवस्थित पिरामिड आकारको यो गगबनचुम्बी १ सय ५ तले भवन हो, रुयुगयोङ । होटल यू–क्युङ नामले परिचित छ । ३३० मिटर अग्लो कुल १ सय ५ तले भवनमा अहिलेसम्म कोही बसेको छैन । बाहिरबाट शानदार रहे पनि यो होटल ‘भुतिया होटल’ले परिचित छ ।

केही समय पहिले अमेरिकी म्यागजिन स्क्वायरले होटललाई ‘मानव इतिहासकै सबैभन्दा खराब भवन’ भन्ने दर्जा दिएको थियो । यस होटल ५ सय ७० मिलियन डलर खर्च भएको छ । यो रकम कुल उत्तर कोरियाको कुल ग्रार्हस्थ उत्पादनको दुई प्रतिशत थियो । तर पनि यो होटल आजसम्म सञ्चालनमा आउन सकेको छैन ।

यस होटललाई विश्वकै अग्लो होटल बनाउने तयारी गरिएको छ तर यसले अहिले बेग्लै पहिचान बनाएको छ । सबैभन्दा अग्लो बिरानो भवनको रूपमा यसले गिनिज बुकमा नामसमेत दर्ज गराउन सफल बनेको छ ।  भवनको निर्माण लामो समयदेखि सुरु भई रोकिंदै फेरि सुरु हुँदै निर्माण सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस्