Logo

गर्भनरमा तीन नाम सिफारिश, आजै मन्त्रिपरिषदले टुंगो लगाउने



काठमाडौं, २४ चैत्र । आज मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको निर्णय गर्ने सम्भावना रहेको छ । गर्भनर नियुक्तिका लागि अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गठित समितिले तीन जनाको नाम सिफारिश गरेर प्रस्ताव तयार गरेकाले आजै नियुक्ति हुने बुझिएको छ ।

सिफारिश तीनजनामा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र पूर्व सचिव राजन खनाल रहेका छन् । शिवाकोटीको नियुक्तिमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक रहेको बुझिएको छ । उनको सम्भावना बलियो रहेको छ ।

अधिकारीको पक्षमा अर्थमन्त्री डा. खतिवडा छन् भने खनाललाई नेकपाका केही प्रभावशाली नेताहरुको समर्थन रहेको छ ।



प्रतिक्रिया दिनुहोस्