Logo

अंहकार विनाशको कारण



 

अहंकार एक संग्रह हो जुन विष जस्तै हो । अहंकारी व्यक्तिले आफुलाई संसारमा अत्यन्त महत्वपुर्ण ठान्छ, यदि उसले थोरै मात्र सफलता पाएमा आफुलाई सर्वश्रेष्ठ सम्झन्छ ।

यही धन–सम्पत्ति, शारीरीक सौन्दर्य, जाती, वंश, बृद्धि, कला पद प्रतिष्ठा तपस्या, सिद्धि तथा उपलब्धिको आधारमा आफुलाई अरुभन्दा माथी सम्झन्छ । यस्ता व्यक्तिले आफ्नो सधै प्रशंसा गर्नेलाई सम्मान गर्छन् । यीनले अरुमाथी अधिपत्य जमाउन चाहान्छन् र आफ्नो आलोचना सुन्न चाहान्नन् । यदि कोहीले उसको विरोध गरेमा उसप्रति प्रतिशोध लिन्छन ।

अहंकारले मानिसलाई पतनको बाटो तिर लैजान्छ । मानिसमा जुन विशेषता हुन्छ उक्त विशेषताले नै उसलाई सर्वश्रेष्ठ सिद्ध गर्छ । आफ्नो परआत्मा बाहेक अन्य कोही सर्वश्रेष्ठ हुनै सक्दैन । जुन विशेषता तथा उपलब्धिले गर्व गरीराखेका छौ त्यसको नष्ट हुन क्षण भर पनि लाग्दैन । यहि विचार मनमा लिएर विनम्र एंव शालीन बनीराख्नु पर्छ । अहंकार मानिसको पतन तथा विनाशको कारण हो भने निरंहकारिताले उसको सुख सन्तोष, प्रगती, उन्नती तथा प्रसन्नताको बाटो खोल्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot