Logo

दाउले हाने घाइते बनाउने पक्राउ



रामेछाप, २४ चैत्र । धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा जयराम लिम्बुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

गोकुलगंगा गाउँपालिकाका विशाल तामाङलाई धारिलो हतियार दाउ प्रहार गरी घाइते बनाएको अभियोगमा ईलाम, ईलाम नगरपालिकाका लिम्बुलाई पक्राउ गरेको हो ।

लिखुतामाकोशी गाउँपालिकाको खिम्तिस्थित तामाकोशी जन जाग्रिति माविको कम्पाउण्ड लगाउने क्रममा सामान्य विवादमा लिम्बुले तामाङलाई दाउ प्रहार गर्दा घाइते भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी खिम्तिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते तामाङलाई खिम्ति मेडिकल हुँदै थप उपचारको लागि मन्थलीतर्फ पठाएको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्