Logo

लकडाउनमा मोटरसाइकलमा लागूऔषध बरामद भएपछि



काठमाडौं, २४ चैत्र । अवैध लागूऔषध सहित रंगलाल गुप्तालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नवलपरासी (पश्चिम), सुस्ता गाउँपालिकाको रेवारेताबाट नियन्त्रित लागूऔषध ईस्पास्मो ५ सय ७६ क्याप्सुल, नाइट्रोभेट १ सय ४६ पिस, फेनारगन ९ एम्पुल, आई.पि.पि.एल ९ एम्पुल, ओनेरेक्स १ सय एमएलको ८ सिसी तथा नगद २ लाख ३३ हजार ३ सय ५० रुपैयाँ सहित सुस्ता गाउँपालिका गुदरिया गुप्तालाई पक्राउ गरेको हो ।

प्रहरी चौकी कुडियाबाट खटिएको प्रहरीले एपि ५७ आर ८२७१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक गुप्तालाई उक्त लागूऔषध तथा नगद सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै उदयपुर, उदयपुरगढी गाउँपालिकाको कोल्टेबाट अवैध लागूऔषध गाँजा १ केजी ६ सय ग्राम सहित सोही ठाउँ बस्न नारायण प्रसाद हुमागाई र सप्तरी सुरुङगा नगरपालिका बस्ने राधेश्याम भन्ने किसोर लभरियालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरुको साथबाट स.१० प ९०१६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्