Logo

प्रेम के हो



जब कसैले आफुप्रति धेरै प्रेम अभिव्यक्त गर्छ तब उसलाई प्रतिक्रिया गर्न वा आभार प्रकट गर्न सम्झना नै हुँदैन । सच्चा प्रेम पाउने क्षमता आफुले दिएर मात्र प्राप्त हुन्छ । आफु धेरै ध्यान दिएर अनुभवको आधारमा बुझ्नु पर्नेछ कि प्रेम केवल एक भावना मात्र नभई अनन्त अस्तित्व हो, चाहे जतिसुकै बेला जुन किसीमले व्यक्त गरेपनि तपाइँ आफैमा पाउनुहुन्छ ।

प्रेमको प्रकार

  1. आकर्षणबाट प्राप्त हुने प्रेम
  2. सुख सुविधाबाट मिल्ने प्रेम
  3. दिव्य प्रेम

प्रेम जो आकर्षणबाट प्राप्त हुन्छ त्यो प्रेम क्षणिक हुन्छ जुन अनभिज्ञको कारण हुन्छ । आकर्षणबाट छिट्टै मोह भंग हुन्छ र विस्तारै प्रेम कम हुदै जान्छ र डर, अनिश्चितता र उदासी लाग्न थाल्छ ।

जुन प्रेम सुख सुविधाबाट प्राप्त हुन्छ, यसले घनिष्ठता बढाउछ तर कुनै जोश, जागर र आनन्द मिल्दैन ।

सांसरीक प्रेम सागर जस्तो हो, तर सागरको पनि सतह हुन्छ । दिव्य प्रेम आकाश जस्तो हो जसको कुनै सिमा हुन्न । सागरको सतहबाट आकाशमा र उच्च स्थानमा उडान भरिदिन्छ । प्राचिन प्रेममा सबै सम्बन्ध हुनुको साथ साथै सबै सम्मिलित हुन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot