Logo

आमाको मृत्युको काजकृया जान भन्दै पास बनाएर यात्रु ओसारेपछि



ललितपुर, २५ चैत्र । झुठो विवरण पेश गरी सवारी पास बनाएको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी सुरुङ्गा नगरपालिका महोलियाका हाल ललितपुर महानगरपालिका पुल्चोक बस्ने शुभनारायण चौधरी, जितेन्द्र प्रसाद चौधरी र नरेश चौधरी रहेका छन् ।

शुभ नारायणले आफ्नो आमाको मृत्यु भएकोले काज कृया गर्न जान भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरमा झुठो बिबरण पेश गरी चैत २४ र २५ गतेसम्मको लागि ३–०८–००५ ख ९१९८ नम्बर बसको पास लिएका थिए । उक्त बसमा अन्य ३० जना यात्रुहरु समेत बोकी सप्तरीतर्फ जान लागेको अवस्थामा फेला पारी महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्