Logo

धारिलो हतियार प्रहार गरी घाइते बनाउने पक्राउ



काठमाडौं, २५ चैत्र । धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा कुलबहादुर राईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

झापा, छिमेकीलाई छुरा हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा हल्दीबारी गाउँपालिका शान्तिचोक बस्ने राईलाई पक्राउ गरेको हो । सोही ठाउँ बस्ने जसबहादुर राईलाई सामान्य वादविवाद हुँदा कुलबहादुरले छुराले प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जलथलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घाइते जसबहादुरको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।

त्यस्तै चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा रन्जन गुरुङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देही, मायादेबी गाउँपालिकामा बस्ने पाल्पा घर भएका अरुण गौतमलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने रन्जन गुरुङलाई पक्राउ गरेको हो । गौतमको डेरामा सँगै बसेर मादकपदार्थ सेवन गरेपछि सामान्य बिबाद हुँदा गुरुङले गौतमलाई चक्कु प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ गुरुङलाई वडा प्रहरी कार्यालय भैरहवा खटिएको प्रहरीले पक्राउ गरेको हो । घाइतेलाई उपचारको लागि मेडिकल कलेज भैरहवा पठाइएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्