Logo

धेरै पसिना आएमा होशियार



शरीरमा तापमानको सन्तुलन बनाउनको लागि पसिना निस्कन्छ । गर्मी महिनामा सामान्य पसिना आउनु ठिक हो तर धेरै पसिना आउनु वा चिसोमा पनि पसिना आउनु एक समस्या हुनसक्छ । यसले केही समय दुर्गन्धको सिकार बनाउछ । यस लक्षणलाई हाइपरहाइड्रोसिस भनिन्छ ।

पसिना लगातार आएमा शारीरीक र मानसिक दुवै प्रकारको असहजता उत्पन्न हुनसक्छ । अत्यधिक पसिना जब हात र काखीमा आउछ यसलाई फोकल हाइपरड्रोसिस भनिन्छ । यसले २ देखि ३ प्रतिशत ठाउँ प्रभाव पार्छ । पसिना पुरै शरीरबाट पनि निक्लन सक्छ वा कुनै खास स्थानमा पनि आउन सक्छ । वास्तवमा हाइपरड्रोसिसबाट पिडित व्यक्तिलाई चिसो मौसममा र आराम गर्दा पनि पसिना आउछ ।

बच्ने उपायः बोटाक्स नामको ‘बोटुलिनम टाक्सिन टाएप ए ’ निकै सुरक्षित पनि हुन्छ, यसको इन्जेक्सन पनि हुन्छ । यसले दिमागबाट पसिना ग्रन्थीको सम्र्पक टुटाइदिन्छ । यसको एक पटक प्रयोग गरेमा २ देखि ८ महिनासम्म काम गर्छ । यो टाक्सिन पसिना आउने ठाउँ काखी, निधार वा अनुहारमा प्रयोग गर्नुपर्छ । यसले पसिना आउने अतिसक्रिय हुने ग्रन्थीको नलिलाई कम गराई पसिना आउने रफ्तार धेरै कम हुन्छ ।



प्रतिक्रिया दिनुहोस्