Logo

नेपालका एकमात्र अर्बपति बिनोद चौधरी विश्वका धनीको १५१३ औं नम्बरमा



काठमाडौं, २५ चैत्र । विश्वका सर्वाधिक धनीको सूची आज सार्वजनिक भएको छ । सन् २०२० को सर्वाधिक धनीको सूचीमा नेपालका बिनोद चौधरी फेरि परेका छन् । उनी फोर्बसले हरेक वर्ष सार्वजनिक गर्दै आएको अर्बपतिको सूचीमा पर्ने एकमात्र नेपाली हुन् ।

बिनोद चौधरी १५१३ नम्बरमा परेका छन् । उनको कुल सम्पत्ति एक अर्ब ४० करोड डलर रहेको फोर्बसले जनाएको छ ।

चौधरीले विभिन्न क्षेत्रमा काम गर्दै आएको उल्लेख छ । उनको विश्वका विभिन्न देशमा होटलका अलावा चाउचाउलगायतका उत्पादनहरु रहेको छ । चौधरी ग्रुप नेपालभित्र मात्र नभई दक्षिण एशिया र त्योभन्दा बाहिर पनि लोकप्रीय ब्रान्ड हो ।

चौधरीले देशभित्र र बाहिर हजारौंलाई रोजगार दिएका छन् । उनी राजनीतिमा पनि सक्रिय छन् । ६४ वर्षीय उनलाई आर्थिक मामलामा कला र बुद्धि दुवै भएको मानिन्छ ।



प्रतिक्रिया दिनुहोस्