Logo

लागूऔषध सहित पक्राउ



सप्तरी, २६ चैत्र । नियन्त्रित लागूऔषध सहित ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । हनुमाननगर कंकालिनी नगरपालिका कोशी ब्यारेजबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ट्याबलेट १९ पिस र डाईलेक्स सिरफ ६ बट्टा सहित कंचनरुप नगरपालिकाका सुरज साह लगायत ४ जनालाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरीले स.३ प ३०१०, को.७ प ९३२ र बा.४३ प ४६१४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्