Logo

१५ वर्षीया किशोरीलाई करणी गर्ने पक्राउ



सर्लाही, २६ चैत्र । जबरजस्ती करणी गरेको अभियोगमा चन्द्र बहादुर वाईबालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लालबन्दी नगरपालिका १३ करमदन्ती बस्ने वाईबालाई पक्राउ गरेको हो । सोही ठाउँस्थित कुवामा पानी लिन गएको अवस्थामा ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लालबन्दी र अस्थायी प्रहरी पोष्ट परवानीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्