Logo

गुणस्तरहिन ह्यान्ड स्यानिटाइजर बरामद



भक्तपुर, २६ चैत्र । गुणस्तरहिन ह्यान्ड स्यानिटाइजर मंगलबार प्रहरीले बरामद गरेको छ । भक्तपुर नगरपालिका कमलबिनायकस्थित कार्यकल्प आर्युबेद फर्माबाट गुणस्तरहिन इनस्टेन्ट ह्यान्ड सेनिटाइजर लेखिएको १ सय एमएलको १ सय २६ थान र ६० एमएलको २३ थान ह्यान्ड स्यानिटाइजर बरामद गरेको हो ।

उक्त फर्मामा औषधी ब्यवस्था बिभागले निर्धारण गरेको गुणस्तर मापदण्ड पुरा नगरेको ह्यान्ड स्यानिटाइजरहरु गुणस्तर युक्त छ भनी ग्राहकहरुलाई झुक्याई अहिलेको संबेदनशील अवस्थामा बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुर र औषधी व्यवस्था बिभाग बबरमहल काठमाडौंबाट खटिएका बरिष्‍ठ औषधी अधिकृत सहितको टोलीले उक्त परिमाणको ह्यान्ड स्यानिटाइजर बरामद गरेको हो ।

साथै उक्त फर्माकी संचालिका भक्तपुर चाँगुनारायण नगरपालिका छालिङ बस्ने २८ वर्षीया रीना ओझासँग आवश्यक सोधपुछ तथा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्