Logo

लुकाई छिपाई राखेको काठ बरामद



धनुषा, २६ चैत्र । लुकाई छिपाई राखेको काठ मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । मिथिला नगरपालिका मगर टोल एरियाको खेत, बारी तथा झाडीहरुमा अपरिचित व्यक्तिले लुकाई छिपाई राखिएको सालको गोलिया काठ २९ थान र सालको चौकस ६ थान बरामद गरेको हो ।

ईलाका प्रहरी कार्यालय ढल्केवर, सब वन डिभिजन कार्यालय पुष्पलपुर र लालगढबाट खटिएको संयुक्त टोलीले उक्त काठ लुकाई छिपाई राखेको अवस्थामा फेला पारी बरामद गरेको हो ।

बरामद काठ सब वन डिभिजन कार्यालय पुष्पलपुरमा बुझाउनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्