Logo

सँसारकै सुन्दर मानिस बस्ने हुन्जा उपत्यका



यिनीहरु सदावहार झै लाग्दछन् । उमेरभन्दा ३० वर्षले कान्छा देखिन्छन् । एक सय वर्ष मामुली बाँच्छन् । सय वर्ष कट्दा पनि फूर्तिला देखिन्छन् । यिनीहरु पाकिस्तानको हुन्जा जाति हुन् ।

हुन्जा उपत्यका उत्तरी पाकिस्तानको दुर्गम, प्राचीन क्षेत्रमा अवस्थित रहेको छ । स्थानीयहरूले आफ्नै खाना उत्पादन गर्ने गर्छन । पिउन र नुहाउनका लागि ताजा हिमनदीको पानी प्रयोग गर्छन् । कुनै पनि नजिकका शहरहरू वा व्यापारिक केन्द्रहरूबाट काटिएको या प्रशोधन गरिएको खाद्य पदार्थ खादैनन् । तरकारी, दूध, अन्न र फलफूल खान्छन् । विशेष गरी खुर्सानीले भरिएको आहार खान रुचाउँदैनन् ।
त्यहाँको मानिसले खुरपानीको जुस अत्यधिक सेवन गर्छन् । भिटामिन बी-१७ को सेवनको कारण क्यान्सरको सम्भावना रहँदैन । जसलाई अमाइग्डालिन पनि भनिन्छ । खुरपानीको बीऊमा अमाइग्डालिन पाइन्छ ।

हुन्जाका बासिन्दाहरु खानामा काँचो फल, तरकारी अत्याधिक प्रयोग गर्छन् । तर, मासुको कम मात्रामा सेवन गर्छन् । लामो जीवन आशाको साथ ’ब्लू जोन“ भनेर चिनिने विश्वका केहि क्षेत्रहरू छन् । त्यसमध्य हुन्जा त्यस सूचीमा सामेल छैन । ब्लू जोन डेनिजनसँग केही समान्यतया केही कुराहरु मिल्ने गर्छ । हुन्जा उच्च उचाइको क्षेत्रमा पर्दछ । धेरैले शारीरिक रूपमा कडा काम गर्ने कारणले शरीरको बनावट आकर्षक हुन्छ ।

योगी श्वास प्रविधि र ध्यान सहित हुन्जा योग अभ्यास गर्न जानिन्छ । तिनीहरू आराम र उर्जा व्यवस्थापनको महत्वका बारे सचेत पनि छन् । उनीहरुको मिलीजुली संस्कृति छ । मिलेर काम गर्ने र बसोबास गर्ने हुँदा खुशी छन् । खुशीले आयु लामो र स्वस्थ बनाएको छ ।-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्