Logo

सडकमा झाडु लगाएको फोटो भाइरल भएपछि मोडलिंगको अफर



भाग्यले कतिबेला कोल्टो फेर्छ त्यो कसैले जानेको हुँदैन । ब्राजीलको एक युवतीको जीवनमा यस्तै कायलपटल भएको छ । रीटा माटोज नाम गरेकी २५ वर्षिया युवती सडकमा १२ घन्टा झाडु लगाउने काम गर्थिन, तर हाल उनको फोटो निकै भाइरल भयो ।

रीताले कहिल्यै पनि सोचेकी थिइनन् आफ्नो जिन्दगी यसरी परिर्वतन होला र सबैको लोकप्रिय भइएला भनेर । उनले सडकमा झाडु लगाउदै गरेको फोटो कसैले खिचेर इन्टरनेटमा हालीदियो । उनको फोटोमा धेरैले यति राम्री युवतीले सडकमा झाडु लगाउन हुन्न भन्दै प्रतिक्रिया दिएका थिए । उक्त तस्विरले रीतालाई झन हौसला प्रदान ग¥यो र मोडलिंगको अफर आयो । हाल उनि मोडल भइसकेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्