Logo

अन्डाबाट निक्लियो हिरा



सुन दिने अन्डा दिने कुखुराको कहानी त सबैले सुनेकै हो । ब्रिटेनमा एक महिलाले हिराको अन्डा फेला पारेकी छिन् । वास्तवमा यी महिलाले नास्तामा हरेक दिन अन्डा खाने गर्थिन् । सधै झै अन्डा खाइरहँदा दातमा केही अड्कियो, उनलाई अड्किएको चिज ढुंगा होला जस्तो लागे पनि हिरा जस्तो देखिने चीज थियो ।

उनले पसलमा जाँच गर्न लगिन र उक्त टुक्रा हिरा नै भएको पुष्टि भयो । हाल उनले त्यो हिराको टुक्रालाई आफ्नो विवाहको औठी बनाउने भएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्